शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कीर्तिपुरमा फसेका विद्यार्थी भन्छन्- ‘मुख्यमन्त्री राउत फोन उठाउँदैनन्’

कीर्तिपुरमा फसेका विद्यार्थी भन्छन्- ‘मुख्यमन्त्री राउत फोन उठाउँदैनन्’

उहाँले खासै वास्ता गर्नुभएन । आज पनि उहाँलाई फोन गरें। मिटिङमा व्यस्त छु भनेर फोन काटिदिनुभयो।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

जनकपुरधाम- सप्तरीको तिरहुत गाउँपालिकाका विनोद यादव त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर अध्ययरत छन्। विनोद विश्वविद्यालय नजिकै कीर्तिपुरमा कोठा बहालमा लिएर बसेका छन्।

कोरोना महामारी फैलिएपछि जारी ‘लकडाउन’ का कारण विनोद कीर्तिपुरमा फसेका छन्। केही दिनपछि ‘लकडाउन’ अन्त्य भएर सबै कुरा ठीकठाक हुने लागेको थियो। त्यसैले गाउँ नगएर कीर्तिपुरमै बसै उनी।

तर, लकडाउन लम्बियो। उनी समस्यामा परेका छन्। कोठाबहाल दिनैपर्याे। कोठामा भएभरको खाद्यान्न सकिसकेको छ। पसलबाट किन्न पैसा छैन।

कीर्तिपुरमै अध्ययन गरिरहेका सिरहा लहान नगरपालिका बस्ने दिलीपकुमार दास पनि विनोदझैं समस्यामा छन्। आफूसँग भएको पैसा र कोठामा रहेको चामलदाल सकिएपछि छाक टार्न समस्या परेको उनले बताए।

विनोद र दिलीपमात्र नभएर स्नातकोत्तर र लोकसेवाको तयारी गर्ने प्रदेश २ का ३० भन्दा बढी विद्यार्थी कीर्तिपुरमा फसेका छन् । ‘लकडाउन’ लम्बिँदै जाँदा बिजोगमा परेका उनीहरु आ–आफ्नो गाउँ फर्कन चाहेका छन्। तर, कीर्तिपुरबाट गाउँ फर्कन कसैले पहल नगरिदिएको उनीहरुको गुनासो छ।

‘सुरुमा साह्रै समस्या भएको थिएन, सबै थोक ठीकठाक थियो, लकडाउन लम्बिएपछि अहिले कठिन भएको छ,’ विनोदले टेलिफोनमा भने, ‘प्रदेश २ का हामी २५/३० जना छौं, खानेकुरा नभएर बिजोग भएको छ।’

घर फर्किने व्यवस्था गरिदिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पटकपटक फोन गरेको उनले सुनाए। ‘हामी प्रदेश २ को भएकाले मुख्यमन्त्रीलाई फोन गरेका हौं। तर, उहाँले खासै वास्ता गर्नुभएन,’ उनी भन्छन्, ‘आज पनि उहाँलाई फोन गरें। मिटिङमा व्यस्त छु भनेर फोन काटिदिनुभयो।’

अन्य प्रदेशका आफ्नै साथीहरु गाउँ फर्किएको देखेर आफूहरुले पनि मुख्यमन्त्री राउतलाई फोन गरेको सुनाउँदै दिलीप भन्छन्, ‘मलगायत साथीहरुले उहाँलाई कतिकौं पटक फोन गरिसकेका छन्। उहाँ कहिले मिटिङमा छु भनेर फोन काट्नुहुन्छ कहिले पछि फोन गर्छु भन्नुहुन्छ । तर, एक महिनादेखि हामी यहाँ फसेका छौं।’

सरकारी राहतका लागि कीर्तिपुर नगरपालिकामा समेत आग्रह गरे पनि पाउन नसकेको उनीहरुले सुनाए। ‘नगरपालिका पुगे, अनलाइन फारामसमेत भरेको छु, तर अहिलेसम्म कुनै राहत पाउन सकेका छैनौं,’ विनोदले भने।

प्रकाशित: May 01, 2020| 17:32 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।