काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा शुक्रबार एकै दिनमा २ हजार ३ सय ९४ जना संक्रमित भएका छन् ।
हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छिमेकी मुलुक भारतमा बिहीबार १ हजार ८ सय १ जना नयाँ संक्रमित थपिएका थिए ।
बुधबार १ हजार ७ सय ३८, मंगलबार १ हजार ८ सय ७३, सोमबार १ हजार ५ सय ६१, आइतबार १ हजार ६ सय ७, शनिबार १ हजार ८ सय ३६ र शुक्रबार १ हजार ४ सय ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतमा अहिलेसम्म कोरोनाबाट ३७ हजार २ सय ५७ जना संक्रमित भएका छन् । महाराष्ट्रमा मात्रै ११ हजार ५ सय ६ जना संक्रमित भेटिएका छन् ।
यस्तै गुजरातमा ४ हजार ७ सय २१, दिल्लीमा ३ हजार ७ सय ३८, मध्यप्रदेशमा २ हजार ७ सय १५, राजस्थानमा २ हजार ६ सय ६६, तमिलनाडुमा २ हजार ५ सय २६, उत्तर प्रदेशमा २ हजार ३ सय २८ जना संक्रमित भएका छन् ।
यस्तै भारतमा कोरोनाबाट १ हजार २ सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा अर्थात शुक्रबार मात्रै ६९ जनाको मृत्यु भएको छ ।
यसअघि बिहीबार ७५, बुधबार ७१, मंगलबार ६९, सोमबार ५८, आइतबार ५६, शनिबार ४५ र शुक्रबार ५९ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
भारतको महाराष्ट्रमा सबैभन्दा धेरैको मृत्यु भएको छ । जहाँ अलिहेसम्म ४ सय ८५ जनाको मृत्यु भएको छ भने गुजरातमा २ सय ३६, मध्य प्रदेशमा १ सय ४५, राजस्थानमा ६२, दिल्लीमा ६१, पश्चिम बंगालमा ३३ जनाको ज्यान गएको छ ।