शनिबार, भदौ ६, २०८३

सार्वजनिक भए उत्तर कोरियाका शासक किम

मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन २० दिनपछि सार्वजनिक भएका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन २० दिनपछि सार्वजनिक भएका छन्।

रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटनका क्रममा उनी सार्वजनिक भएका हुन् । किमले शुक्रबार रिबन काटेर उद्योग उद्घाटन गरेको तस्बिर कोरियाको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको छ ।

लामोसमय किम सार्वजनिक नहुँदा उनको मृत्यु भएको हल्लासम्म चलेको थियो। यसबीच किमको मुटुको अप्रेसन गरेको र स्वास्थ्य गम्भीर अवस्थामा रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका थिए ।

यस्ता खबरकाबीच शुक्रबार उत्तरकोरियाको सरकारी समाचार संस्था केसीएनएले उत्तर कोरियाका शीर्ष नेताहरु र बहिनीसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएको समाचार दिएको छ।

प्योङग्याङको उत्तरी क्षेत्रस्थित उद्योगको उनले उद्घाटन गरेको समाचारमा उल्लेख गरेको छ।

 

प्रकाशित: May 02, 2020| 07:39 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।