शनिबार, भदौ ६, २०८३

नेपालमा कोरोनाको आशंकामा ३१५ जना रेड जोनमा

नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३१५ जनालाई रेड जोनमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ..
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३१५ जनालाई रेड जोनमा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म सम्पर्कमा आएका र परिक्षण गरिएका मध्ये ३१५ जनालाई रेड जोनमा राखिएको हो ।

रेड जोनमा राखिएकहरूको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य महाशाखामार्फत ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५९ पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् । आइसोलेशनमा राखेर ९४ जनाको उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसिआरमाध्यम १२ हजार ५७७ जनाको कोरोना परिक्षण गरिएको छ भने ४७ हजार ७९७ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

हालसम्म सरकारले सुरू गरेका दुईवटा वेबपेज र मोबाइल एपमा कोरोना भाइरसबारे बुझ्न चाहनेहरुको संख्या करिब ३० हजार पुगेको छ ।

यस्तै हाल नेपालमा २४ हजार ९०७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित: May 02, 2020| 10:19 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।