शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने पक्राउ

प्रहरीमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने पक्राउ

प्रहरीमा दर्ता भएको घरायसी मुद्दा मिलाई दिने भन्दै ५० हजार घुस लिने एक जनालार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं- प्रहरीमा दर्ता भएको घरायसी मुद्दा मिलाई दिने भन्दै ५० हजार घुस लिने एक जनालार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–१० का बिर्ख धामीलाई ५० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। स्थानीय एक सामुदायिक वनका अध्यक्षसमेत रहेका धामीले प्रहरीसँगको मिलेमतोमा मुद्दा मिलाई दिने भन्दै घुस लगेको अख्तियारले जनाएको छ।

सेवाग्राहीको घरायसी झगडालाई उग्र बनाई ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दा मिलाई दिने भन्दै धामीले घुस लिएको अवस्थामा गौरीगंगा नगरपालिका–८ बढैपुर बजारबाट नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

प्रकाशित: May 01, 2020| 16:17 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।