शनिबार, भदौ ६, २०८३

नागढुंगामा डिस्इन्फेक्सन टनेल सञ्चालनमा

काठमाडौं प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं - काठमाडौं प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ।

काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार भएको उक्त टनेल आजदेखि सञ्चालनमा आएको हो। काठमाडौं भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम हुन नदिइ प्रवेश गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण गरेको हो।

लकडाउनको समयमा खाद्य पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसंक्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सो यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको २४ घण्टामा नै आफूहरुले टनेल निर्माण गरेको, ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसंक्रमण गर्न सकिने थापाले बताए।

प्रकाशित: May 01, 2020| 15:27 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।