शनिबार, भदौ ६, २०८३

रसियामा २४ घण्टामै ८ हजार कोरोना संक्रमित थपिए

रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।

यससँगै शुक्रबारसम्म रसियामा कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ ।

विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ ।

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। बीबीसीका अनुसार यसबारे उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो कल गरेर जानकारी दिएका छन्।

रुसी टिभी च्यानलमा उनले पुटिनलाई भनेका छन्, ‘डियर मिस्टर पुटिन, मलाई भर्खरै थाहा भयो कि मलाई कोरोना भाइरस पोजेटिभ छ। मलाई अब आइसोलेसनमा बस्नुपर्छ र डाक्टरको निर्देशन मान्नुपर्छ।’ प्रधानमन्त्री मिखाइल कोरोना नियन्त्रणका लागि निकै सक्रियताका साथ काम गरिरहेका थिए।

राष्ट्रपति पुटिनले प्रधानमन्त्रीलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित: May 01, 2020| 15:49 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।