जानकी नवमीको अवसरमा युवाहरुले जनकपुरस्थित जानकी वृद्धाश्रममा सहयोग गरेका छन् । ‘लकडाउन’ का कारण जानकी मन्दिरमा कुनै उत्सव नभए पनि युवाहरुले यस अवसरमा जानकी वृद्धाश्रममा खाद्यान्नलगायतका सामग्री सहयोग गरेका हुन् ।
जनकपुरको जानकी चोक घर भएका सामाजिक अभियन्ता अर्जुन गुप्ताले शुक्रबार जानकी वृद्धाश्रममा बस्ने आमाहरुका लागि खाद्यान्न सहयोग गरेका छन् ।
गुप्ताले आफ्नो निजी खर्चमा वृद्धाश्रममा ६० केजी चामल, पाँच केजी दाल, १० केजी पिठो, १० केजी आलु, पाँच केजी प्याज, फर्सी, खरबुजा, सोयाबिन, खानेतेल, चाउचाउ, बिस्कुट, साबुन, सेनिटाइजर, मास्कलगायतका सामग्री सहयोग गरेका छन् ।
जानकी नवमीको अवसरका साथै वृद्धाश्रममा बस्ने आमाहरुमा कोरोनाको त्रास अन्त्य गर्ने उद्देश्यले खाद्यान्नलगायतको सामग्री सहयोग गरेको गुप्ताले बताए ।