आइतबार, असोज १८, २०८३

समाज

निकाे भएका देशमा फेरि बल्झियो कोरोना, दोस्रो लहर सुरु भएको डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

संविधान संशोधन विधेयकमा राष्ट्रिय सहमति, संसदबाट आज पारित हुँदै

सरकारले लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक आज पारित हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

गण्डकी प्रदेशमा १९७ जनामा कोरोना पुष्टि, पर्वत र नवलपरासीमा ५ जना थपिए

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ९७ पुगेको छ । शनिबार (आज) बिहान थप पाँच जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या करिब दुई सय नजिक पुगेको हो ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

कुवेतबाट फर्किएका महिलालाई खरिपाटी क्वारेन्टिनमा राखियो, दुई जनामा कोरोनाको शंका

कुवेत सरकारको आममाफीमा परेर नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

भेन्टिलेटरमा राख्नुपरेका कोरोना संक्रमित निको भई घर फर्के

बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवा निको भएर घर फर्किएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

कोरोनाको खर्च विवरण छिट्टै सार्वजनिक हुन्छ, जाेखिमप्रति संवेदनशील बनाैं : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि भएको खर्च छिट्टै सार्वजनिक गरिने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

कोरोना बीमाको पहिलो दाबी भुक्तान गरियो

सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बीमा कार्यक्रमअनुसार कोरोना संक्रमितलाई दाबी भुक्तानी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

सरकारले लकडाउन बाहेक केही गर्न सकेन : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना संकटमा सरकारले ‘लकडाउन’ र ‘सोसियल डिस्टान्सिङ’ को नारा दिनुबाहेक अरु केही गर्न नसकेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

कोरोना : प्रदेशगत रूपमा मृत्यु, संक्रमित र निकाे हुनेकाे विवरण

मुलुकभर शुक्रबार कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। संक्रमितमध्ये १६ जनाको मृत्यु भएको छ भने ८७७ जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

कोरोना नियन्त्रणमा '६ टी फर्मुला' कति प्रभावकारी ?

कोरोना संक्रमणको स्थिति के हुन्छ भनेर विज्ञहरुले पनि यकिन रुपमा भन्न सकेका छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

प्रदेश २ : एकै दिन २०४ जनामा संक्रमण, संक्रमितको संख्या दुई हजार नजिक

 पछिल्लो २४ घण्टामा प्रदेश २ का विभिन्न जिल्लामा २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

डिसिएको २ करोड १० लाखबराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग

डेनमार्कस्थित गैरसरकारी संस्था डिसिएले स्थानीय संस्थाहरुको सहकार्यमा दुई चरण गरेर विभिन्न जिल्लामा लगभग २ करोड १० लाख बराबरको राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

कर असुली रोक्ने सर्वोच्चको अन्तरिम आदेश खारेज माग गर्दै रिट

सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर असुल गर्नू भनी जारी गरेको अन्तरिम आदेश खारेज माग गर्दै शुक्रबार भ्याकेट निवेदन दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

कोरोनाबाट बच्न 'एसएमएस' गरौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वाथ्यका मापदण्ड, २०७७’ जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवासमा शिष्टाचार बिदाइ भेट गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

दमन रोक, प्रदर्शनकारीका माग सम्बोधन गर : साझा पार्टी

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको भन्दै भइरहेको प्रदर्शनप्रति साझा पार्टीले ऐक्यबद्धता जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

बुवाको हत्या आरोपमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई प्रहरीले हत्या आरोपमा शुक्रबार नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

‘मलाई पागल नभन्नु बाध्यता र समयले यहीँसम्म पुर्‍यायो’

 ‘केवल सम्झना मात्रै रह्यो मलाई पागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्‍यायो।’ डम्बर बहादुर बिष्टले जीवनको अन्तिम ‘स्टाटस’ फेसबुक वालमा पोष्ट गरे।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। शुक्रबार ४४८ जना संक्रमित थपिएसँगै कुल संख्या पुगेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

दुई पाङ्ग्रेमा जोर–बिजोर लागू नहुने, दुई जना भने चढ्न नपाइने

स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, बिरामी र अत्यावश्यक काम हुनेहरू भने दुई जना सवार गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७