सोमबार, भदौ ८, २०८३

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। शुक्रबार ४४८ जना संक्रमित थपिएसँगै कुल संख्या पुगेको हो।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।

शुक्रबार ४४८ जना संक्रमित थपिएसँगै कुल संख्या पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीमध्ये ३५३ जना महिला छन् भने बाँकी पुरुष।

संक्रमितमध्ये १६ जनाको मृत्यु भएको छ भने ८७७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ७८६ जना पुरुष र ९१ जना महिला छन्।

हालसम्म देशका विभिन्न प्रयोगशालामा गरी १ लाख २१ हजार ८६२ जनाको पीसीआर विधिबाट र १ लाख ८८ हजार ५२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ।

हाल देशभरका क्वारेन्टिनमा १ लाख ५८ हजार ५० जना छन् भने आइसोलेसनमा ४ हजार १६९ जना छन्।

 

प्रकाशित: Jun 12, 2020| 16:25 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।