डेनमार्कस्थित गैरसरकारी संस्था डिसिएले स्थानीय संस्थाहरुको सहकार्यमा दुई चरण गरेर विभिन्न जिल्लामा लगभग २ करोड १० लाख बराबरको राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
हालसम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली, डोटी, अछाम, धादिङ र गोरखा जिल्लाका ४,१३४ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामग्री वितरण गरिसकेको छ भने २०८८ घर परिवारलाई थप स्वच्छता सामग्री सेट (हाईजिन किट) पनि हस्तान्तरण गरेको जनाएको छ ।
त्यस्तै कन्चनपुर जिल्लामा गर्भवति तथा सुत्केरी महिलाहरुका लागी छुट्टै पौष्टिक आहारहरु जस्तै घिउ, सुजी, अण्डा, बदाम, काजु जस्ता सामग्री पनि सहयोग गरेको छ ।
त्यस्तै विभिन्न पालिकाहरुको समन्वयमा ३३ वटा क्वारेन्टिन व्यवस्थापनका लागि चाहिने बासस्थान तथा बन्दोबस्तीको सामग्री तथा स्वास्थ्य सरसफाइ सामग्रीहरु पनि वितरण गरेको छ ।
यसका साथै जनस्वास्थ्य संस्था तथा जिल्ला अस्पताल गरी जम्मा २७ वटा स्वास्थ्य केन्द्रहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गरेको छ ।
विभिन्न जिल्लामा रहेका स्थानीय संस्थाहरुको समन्वयमा डिसिए नेपालले हालसम्म १७५ पिपिई सेट, ८४ पिपिई गाउन, ९९ थर्मल गन, ८६५ लिटर ‘स्यानिटाईजर’, २६५ प्याकेट चिकित्सा ग्लोभ्स, १९,६०० सावुन, २५,८४५ सर्जिकल मास्क, १४३५ एन ९५ मास्क लगायत सामग्री वितरण गरिसकेको छ । यी सामग्रीसँगै दैलेख र अछामका केही क्वारेन्टिनमा खानाको व्यवस्था पनि गरिएको डिसिए ले जनाएको छ।
“हामीले स्थानीय सरकारको नेतृत्वमा तत्काल आवश्यकताका क्षेत्रहरू पहिचान गरि मानवीय सहयोगको लागि यी सामाग्रीहरु हस्तारण गरेका छौं,” डिसिएको नेपाल स्थित कार्यलयका ‘मानवीय सहायता तथा विपद् जोखिम न्युनिकरण व्यवस्थापक, दिनेश गुरुङले बताए,
“लम्बिँदै गरेको लकडाउनले गर्भवति तथा सुत्केरीहरुलाई पर्न गएको अप्ठेरोलाई मध्य नजर गरेर हामीले पौष्टिक आहरहरुको पनि व्यवस्था गरेका थियौं ।” डिसिएले थप सहयोगका लागी पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ ।
राहत तथा स्वास्थ्य सामग्रीका साथै डिसिएले कोरोना भाइरस बारे तयार गरेको जानकारीमूलक पुस्तिका पनि वितरण गरेको थियो भने स्थानीय १० रेडियोहरुसँगको सहकार्यमा साझेदारी नामको रेडियो कार्यक्रम पनि उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ।
.jpg)
.jpg)