सोमबार, भदौ ८, २०८३

दमन रोक, प्रदर्शनकारीका माग सम्बोधन गर : साझा पार्टी

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको भन्दै भइरहेको प्रदर्शनप्रति साझा पार्टीले ऐक्यबद्धता जनाएको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं– कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको भन्दै भइरहेको प्रदर्शनप्रति साझा पार्टीले ऐक्यबद्धता जनाएको छ।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, महामारी नियन्त्रणमा पूर्ण असफल र क्वारेन्टिको व्यवस्थापनमा लापरबाही भएको भन्दै केही दिनदेखि स्वस्फूर्त रुपमा युवाहरूले देशभर प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा कोरोना रोकथाममा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, विश्वसनीय नतिजा नदिने आरडीटी परीक्षण बन्द गरी पीसीआर परिक्षणको दायरा बढाउनुपर्नेलगायत माग गरिएको छ।

सरकारले यस्ता जायज मागलाई बेवास्ता गरेर धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक भएको साझाले जनाएको छ।

साझाले जायज माग सम्बोधन गर्दै प्रदर्शन स्थगन गर्न प्रतिबद्ध हुन सरकारलाई आग्रह पनि गरेको छ।

पढ्नुस्:

लकडाउनमा प्रदर्शन गरे ६ महिना थुन्ने गृहको चेतावनी, कानुनविद् भन्छन्– सरकारले नैतिक आधार गुमाइसक्यो

प्रकाशित: Jun 12, 2020| 16:58 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।