बिहीबार, भदौ ४, २०८३

बाजुरामा १४५ जनाको रिपोर्ट नेगेटिभ

भारतमा काम गर्न गएकाहरु फर्किएपछि बढी जोखिममा रहेको बाजुराका १४५ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

धनगढी- भारतमा काम गर्न गएकाहरु फर्किएपछि बढी जोखिममा रहेको बाजुराका १४५ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ।

क्वारेन्टानइनमा राखिएका उनीहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। सबैको रिपोर्ट नगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुरका प्रमुख दयाकृष्ण पन्तले बताए। उनीहरुको स्वाब संकलन गरी हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो।

जिल्लाका स्वामीकार्तिक खापर गाउँपाललिको सुइजिजउला, बडिमालिका नगरपालिकाको बाजुरा क्याम्पस र बूढीगंगा नगरपालिकाको भानोदय माविमा बनाइएका क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो।

स्वाब संकलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी र नेपाली सेनाका स्वास्थ्यकर्मी परिचालित थिए। अब दोस्रो चरणमा स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयको तयारी छ।

प्रकाशित: Apr 17, 2020| 10:29 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।