काठमाडौं– मोटरसाइकल र स्कुटरको हकमा जोर–बिजोर प्रणाली लागू नहुने भएको छ।
ट्राफिक प्रहरीका अनुसार मोरसाइकल वा स्कुटरमा दुईजना भने सवार गर्न पाउने छैनन्।
स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, बिरामी र अत्यावश्यक काम हुनेहरू भने दुई जना सवार गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ।
बिहीबार सरकारले जोर–बिजोर प्रणाली लगाउने निर्णय सार्वजनिक गरे पनि सवारी साधनको वर्गिकरण भने गरेको थिएन।
पारिवारिक सदस्य र नजिकका आफन्त, नातेदार मात्रै मोटरसाइकलमा सँगै सवार हुने हुँदा सरकारी निर्णयको चर्को आलोचना भइरहेको छ।
चार पाङ्ग्रे सवारी साधन भने जोर बिजोर प्रणालीमार्फत् मात्रै चल्न पाउनेछन्।