सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निकाे भएका देशमा फेरि बल्झियो कोरोना, दोस्रो लहर सुरु भएको डब्लुएचओको चेतावनी

निकाे भएका देशमा फेरि बल्झियो कोरोना, दोस्रो लहर सुरु भएको डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको बताएको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको बताएको छ।

सुरुमा लकडाउन, सामाजिक दूरीलगायत प्रतिबन्ध लगाइएका देशमा कोरोना केही नियन्त्रण हुनेबित्तिकै सावधानीमा लापरबाही गर्दै गएकाले विश्वका केहि देशमा पुनः कोरोनाको संक्रमण देखिन थालेको डब्लूएचओले बताएको हो ।

कोरोनासँगको लडाइँ नसकिएको उल्लेख गर्दै उनले यो भाइरसप्रति अति संवेदनशील नबने पुनः उल्टिएर यसले आक्रमण गर्न सक्ने डब्लूएचओका कार्यकारी निर्देशक डा माइकल रायनको चेतावनी छ।

विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढेको छ । केही मुलुकमा संक्रमणका नयाँ मामिला आइरहको र यसलाई संक्रमणको दोस्रो लहर भएको डब्लुएनओको भनाइ छ ।

डा रायनले भाइरसमाथि केही नियन्त्रण पाएपनि फेरि यसले आफ्नो उपस्थिति देखाउन शुरु गरेकाले सचेत रहनु पर्नेमा जोड दिए ।

यता चीनमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएपछि राजधानी बेइजिङमा ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएको छ । वेइजिङ प्रशासनले प्राथमिक स्कुल खोल्न हतार नगर्न भनेको छ ।

दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाँ संक्रमित भेटिएपछि थप सावधानी अपनाइएको छ ।

अमेरिकामा विभिन्न राज्यमा पनि संक्रमणको दर तीब्र बनेपछि अस्पतालका बेडहरु भरिन थालेका छन् ।

प्रकाशित: Jun 13, 2020| 07:01 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।