सोमबार, भदौ ८, २०८३

कोरोनाबाट बच्न 'एसएमएस' गरौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वाथ्यका मापदण्ड, २०७७’ जारी गरेको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वाथ्यका मापदण्ड, २०७७’ जारी गरेको छ।

मन्त्रालयले आज (शुक्रबार) जारी गरेको मापदण्डमा अनिवार्य रुपमा एसएमएस (सोसल डिस्टान्सिङ, मास्क र स्यानिटाइज) विधि प्रयोग गर्नुपर्ने उल्लेख छ।

मन्त्रालयले सबै सार्वजनिक तथा निजी संस्थानहरुमा पालना गर्नुपर्ने अत्यावश्यक, आधारभूत, संस्थागत, अन्य र विविध गरी श्रेणी छुट्याएर मापदण्ड निर्माण गरेको छ। जसअन्तर्गत एसएमएस विधिलाई अत्यावश्यक श्रेणीमा राखिएको छ ।

कोरोना महामारीकै बीच मुलुक नव सामान्यीकरणतर्फ क्रियाशील भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु सबैको जिम्मेवारी भएको बताएको छ। जारी गरिएको मापदण्डलाई एकीकृत गरी बन्दाबन्दीलाई व्यवस्थित गर्दै हालको पूर्ण बन्द अवस्थालाई खुकुलो पार्न सकिने मन्त्रालयको भनाइ छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नव सामान्यीकरणमा नयाँ व्यवहारको पालना बताए।

‘नव सामान्यीकरणमा मानिसहरुले एकअर्कामा कम्तिमा २ मिटरको दूरी कायम गर्नुपर्नेछ। भिडमा जाँदा मेडिकल मास्क वा कपडाको मास्क भए तीन तहको मास्क प्रयोग गर्नुपर्नेछ। समय–समयमा हात सफा गर्नुपर्छ,’ उनले भने।

यस्तो छ मन्त्रालयले जारी गरको मापदण्ड

प्रकाशित: Jun 12, 2020| 17:25 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।