सोमबार, भदौ ८, २०८३

कोरोना बीमाको पहिलो दाबी भुक्तान गरियो

सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बीमा कार्यक्रमअनुसार कोरोना संक्रमितलाई दाबी भुक्तानी गरिएको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं – सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बीमा कार्यक्रमअनुसार कोरोना संक्रमितलाई दाबी भुक्तानी गरिएको छ।

कोरोनाको कहर सुरु भएपछि सरकारले पहिलोपटक कोरोना बीमा कार्यक्रम ल्याएको थियो। सो कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत विशेष महत्वका साथ समावेश गरेको छ। बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमाको पहिलो दाबी आज भुक्तानी गरिएको छ।

कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई आज बीमाबापतको रु एक लाख रकम भुक्तानी गरिएको हो। नेको इन्स्योरेन्सले आज कृषि विकास बैंकको खातामा सो दाबी रकम भुक्तानी गरेको जनाएको छ।

नियामक निकाय बीमा समितिले रु एक हजारमा रु एक लाख बराबरको बीमा गर्न सकिने प्रबन्ध गरेको छ। बीमा गरेका जो कोहीलाई पनि निश्चित समयभित्र पीसीआर परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी गर्न सकिने छ। बीमा गरेका विभिन्न कम्पनीमा थप चार वटा दाबी आएको जनाइएको छ।

प्रकाशित: Jun 12, 2020| 19:46 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।