सोलुखुम्बु – बुवाको हत्या आरोपमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई प्रहरीले हत्या आरोपमा शुक्रबार नियन्त्रणमा लिएको हो।
कुबेरले ५७ वर्षीय बुवा सन्त कुमार राईको बिहीबार राति मादक पदार्थ सेवन गरी घरमा पुगेपछि घरायसी विषयमा विवाद हुँदा आगो फुक्ने फलामको ढुंग्रोले टाउकोमा प्रहार गरेका प्रहरीले जनाएको छ।
ढुंग्रोले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। घटनाबारे थप अनुसन्धान प्रहरीले गरिरहेको जानकारी दिएको छ।