काठमाडौं- मुलुकभर शुक्रबार कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। संक्रमितमध्ये १६ जनाको मृत्यु भएको छ भने ८७७ जना संक्रमणमुक्त भएका छन्।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ। यस्तै १९२ जना संक्रमित भएका छन् भने निको हुनेको संख्या १३ छ।
कर्णालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। संक्रमितको संख्या ८४२ रहेको कर्णालीमा २५ जना डिस्चार्ज भएका छन्।
प्रदेश ५ मा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यो प्रदेशमा संक्रमितको संख्या १४ सय ४३ पुगेको छ भने २६२ जना डिस्चार्ज भएका छन्।
गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ। गण्डकीमा १८८ जनालाई संक्रमण भएको छ भने निको हुनेको संख्या १२ छ।
वागमती प्रदेशमा ४ जनाको मृत्यु भएको छ। अहिलेसम्म १८६ संक्रमित देखिएको वागमतीमा ४३ जना डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ मा १ जनाको मृत्यु भएको छ भने अहिलेसम्म १८७४ जना संक्रमित भएका छन्। यस्तै ३५८ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ मा ३३७ जना संक्रमित भएका छन् । तीमध्ये १६४ जना निको भएर घर फर्किएका छन्।
