आइतबार, असोज ११, २०८३

समाज

राजनीति व्यापार भयो : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

वीरगन्जमा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११ पुग्यो

वीरगन्जमा शनिबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणबाट वीरगन्जमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

प्रदेश १ मा १९ जना संक्रमित थपिए, २५ डिस्चार्ज

विराटनगर– प्रदेश १ मा शनिबार १९ जना कोरोना संक्रमित थपिएका छन् । इलाममा १७ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

मुस्लिम धर्मावलम्बीले मनाए बकर इद

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) शनिबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

दर्बाहको संरचना तोडफोड गरिँदा प्रहरी मुकदर्शक, जनप्रतिनिधिले मागे रुपन्देही प्रजिअ र प्रहरी प्रमुखको राजीनामा

ऐतिहासिक दर्बाह क्षेत्रको संरचना तोडफोडको पूर्वसूचना पाउँदा पनि नरोकेको भन्दै जनप्रतिनिधिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महादेव पन्थ र प्रहरी प्रमुख हेमकुमार थापाको राजीनामा माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

मोटरसाइकलको ठक्करबाट प्रदेश सभा सदस्य थापा गम्भीर घाइते

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य अम्बिका थापा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

अनशनरत युवाको माग तत्काल सम्बोधन गर : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

बागमतीमा कोरोना संक्रमितको संख्या १,११५ पुग्यो (कुन जिल्लामा कति?)

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमित हुनेको संख्या एक हजार ११५ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

दार्चुलामा बाढीपहिरोमा तीन घर बगे

दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका छन् भने दर्जन बढी घर जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

कोरोना संक्रमणको जोखिम फेरि बढ्यो, संक्रमित क्षेत्रमा सिल गर्ने तयारी

कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि सरकारले संक्रमण देखिएको क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाई पूर्ण सिल गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

सेती नदीमा बगेर डडेलधुरा अस्पतालका दुई स्वास्थ्यकर्मी बेपत्ता

डडेलधुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

वीरगंजमा ६ जना कोरोना संक्रमणमुक्त

वीरगंजमा ६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

श्रोत नखुलेको साढे १९ लाखसहित २ जना पक्राउ

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित प्रहरीले महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

नक्कली नोटसहित एक जना पक्राउ

प्रहरीले काठमाडौं महानगरपालिका-३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट नक्कली नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

कोरोनाबाट बच्न आफै साबधान हुनुपर्नेमा चिकित्सकको जोड

चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

राष्ट्रियसभाका विषयगत समितिमा सदस्य मनोनयन

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने संसदीय दलबाट प्राप्त नामावलीअनुरुप विषयगत समितिमा रहने सदस्य मनोनयन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ। वीरगन्जको गण्डकमा रहेको नारायणी व्योधामा उपचाररत महिलाको मृत्युु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज (शनिबार) थप ६ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

देशभर सक्रिय संक्रमितको संख्या ५,३३८ जना

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ३३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, आज ३१५ जना थप

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना संक्रमित थप भएसँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७