बुधबार, भदौ १०, २०८३

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज (शनिबार) थप ६ जनामा कोरोना पुष्टि भएको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा आज (शनिबार) थप ६ जनामा कोरोना पुष्टि भएको छ।

जसमध्ये काठमाडौंका ५ र भक्तपुरका १ जना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको छ।

त्यसैगरी नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसहित उपत्यकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५८९ पुगेको छ।

प्रकाशित: Aug 01, 2020| 16:36 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।