राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
लकडाउन खुकुलो भएसँगै कर्णालीका कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक सातामा चार सय ७७ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावका विषयमा आन्दोलन चर्किएपछि रुपन्देही प्रशासनले बुटवलमा चार दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
रुपन्देहीका स्थानीय तहले प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी मुकाम तोक्न माग गरेका छन्।
नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।