शनिबार, भदौ १३, २०८३

बुटवलमा २१ गतेसम्म सभा–जुलुसमा प्रतिबन्ध 

प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावका विषयमा आन्दोलन चर्किएपछि रुपन्देही प्रशासनले बुटवलमा चार दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

बुटवल- प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावका विषयमा आन्दोलन चर्किएपछि रुपन्देही प्रशासनले बुटवलमा चार दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ सूचना प्रकाशित गरी १८ गते बिहान ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म बुटवल उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा सभा, जुलुस प्रदर्शनलगायतका गतिविधि गर्न, पाँच जनाभन्दा बढी व्यक्ति समूहमा हिँड्न रोक लगाएको हो। 

जिल्ला प्रशासनले प्रदेश सभा भवन रहेको क्षेत्र, विभिन्न प्रदेश मन्त्रालय रहेका क्षेत्र र विभिन्न प्रदेश मन्त्रालय रहेका क्षेत्रमा सभा जुलुसमा रोक लगाएको छ।

प्रदेश सभा भवन रहेको क्षेत्रअन्तर्गत दक्षिणमा इँटा भट्टा चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टा चोकसम्म निषेधित क्षेत्र तोकिएको छ।  

यस्तै विभिन्न प्रदेश मन्त्रालय रहेका क्षेत्रहरु दक्षिणमा सुन्दर चोक, उत्तरमा भृकुटीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म पनि सभाजुलुस गर्न र समूहमा पाँचजना भन्दा बढी हिँड्न पाइँदैन।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्रको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत् तोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाट बजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा जनाइएको छ। 
 

प्रकाशित: Oct 03, 2020| 16:45 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।