शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा कोरोना संक्रमण तीव्र : चार अस्पतालमा आकस्मिक बाहेक सेवा बन्द 

कर्णालीमा कोरोना संक्रमण तीव्र : चार अस्पतालमा आकस्मिक बाहेक सेवा बन्द 

लकडाउन खुकुलो भएसँगै कर्णालीका कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक सातामा चार सय ७७ जनामा संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

सुर्खेत- लकडाउन खुकुलो भएसँगै कर्णालीका कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक सातामा चार सय ७७ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार असोज १० गते ४८, ११ गते ४५, १२ गते ३३ र १३ गते ५२ जनामा संक्रमण भएको छ।  त्यस्तै १४ गते ५७, १५ गते एक सय पाँच जना, असोज १६ गते ८६ र असोज १६ गते (शनिबार) ५१ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितको तुलनामा डिस्चार्ज हुनेका संख्या न्यून छ। मन्त्रालयको तथ्याङ्क अनुसार एक साताको अवधिमा दुई सय ९४ जना डिस्चार्ज भएका मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। 

संक्रमित दिनप्रतिदिन थपिन थालेपछि लक्षणसहितका संक्रमितलाई मात्रै अस्पतालको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएका संक्रमित भने होटल तथा होम आइसोलेसनमा बस्दै आएका छ। 

कर्णाली प्रदेशमा शनिबार रातिसम्म ६ सय ९० जना सक्रिय संक्रमित छन्। जसमध्ये २ सय ६२ जना संक्रमित होटल र होमआइसोलेसनमा बसेका छन्। 
प्रदेशमा हालसम्म तीन हजार सातसय ८० जना संक्रमितमध्ये तीन हजार ९० जना डिस्चार्ज भएका छन्।

चारवटा अस्पतालमा आकस्मिक सेवा मात्रै
यस्तै विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी संक्रमण हुन थालेपछि कर्णाली प्रदेशका चार वटा अस्पतालले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेका छन्। 

कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल कालिकोट, जिल्ला अस्पताल सल्यान र माया नर्सिङ होम सुर्खेतले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको सम्बन्धित अस्पतालहरुले जनाएका छन्। 

सल्यान जिल्ला अस्पताल र प्रतिष्ठानले बुधबारदेखि, कालिकोट जिल्ला अस्पतालले शुक्रबारदेखि र माया नर्सिङहोम सुर्खेतले शनिबारदेखि अर्को सूचना जारी नहुदाँसम्म आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएको जनाएका छन्। 

संक्रमण नदेखिएसम्म परीक्षण गराउन नपाइने भएपछि विरामीको उपचारका खटिने स्वास्थ्यकर्मी पनि संक्रमित भएका हुन्।

प्रकाशित: Oct 04, 2020| 01:05 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।