शनिबार, भदौ १३, २०८३

मोबाइल चोरी गर्ने गिरोहका ५ जना पक्राउ

प्रहरीले मोबाइल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ। 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं- प्रहरीले मोबाइल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौं महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा ७ लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गर्ने पाँच जनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट पञ्चकन्याका २२ वर्षीय अमृत राई रहेका छन्। प्रहरीले उनीहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए।

‘जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ’, उनले भने। पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताए। रासस

प्रकाशित: Oct 03, 2020| 13:31 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।