शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीका अधिकांश सल्लाहकारमा कोरोना संक्रमण

प्रधानमन्त्री ओलीका अधिकांश सल्लाहकारमा कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका अधिकांश सल्लाहकारमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका अधिकांश सल्लाहकारमा कोरोना संक्रमण पुष्टि भएको छ।

हिजो (शुक्रबार) गरिएको परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापालगायतलाई कोरोना संक्रमण पुष्टि भएको हो।

हिजो सँगै परीक्षण गराएका केही प्रमुख व्यक्तिहको कोरोना रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।

सल्लाहकारहरुले सामाजिक संजालमार्फत् आफूहरुलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन्। प्रमुख राजनीतिक सल्लाहकार रिमालले आफूलाई कोरोना पोजेटिभ देखिएको ट्वीटरमार्फत् जानकारी गराएका छन्।

उनले लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणबाट ममा पनिकोरोना पोजेटिभ देखियो। यसबीचमा मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’

यस्तै प्रेस सल्लाहकार थापाले लेखेका छन्, हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो। यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।’

यसअघि प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंह शाहलाई कोरोना पुष्टि भएको थियो।
(शीर्षकसहित सम्पादन गरिएको)

प्रकाशित: Oct 03, 2020| 11:10 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।