शनिबार, भदौ १३, २०८३

प्रदेश १ मा २५५ संक्रमित थपिए, २८७ डिस्चार्ज 

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो।

सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा पाँच, खोटाङमा चार, संखुवासभा र ओखलढुङ्गामा तीन–तीन, धनकुटामा एक र प्रदेश १ बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिबार सुनसरीको धरानमा ९८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ४८ महिला र ५० पुरुष छन्। 

सुनसरीकै दुहवीमा तीन महिला ६ पुरुष, इटहरीमा एक महिला सात पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा एक–एक महिला, स्थानीय तह नखुलेका चार पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। 

मोरङको विराटनगरमा ३१ महिला ५६ पुरुष, सुनबर्षीमा चार महिला एक पुरुष, ग्रामथानमा एक महिला तीन पुरुष, कटहरीमा दुई पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा एक–एक महिला, धनपालथानमा एक पुरुष, झापाको दमकमा एक महिला एक पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका एक–एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। 

उदयपुरको बेलकामा पाँच पुरुष, खोटाङको खोटेहाङमा चार पुरुष, संखुवासभाको चिचिलामा एक महिला र दुई पुरुष, ओखलढुङ्गामा तीन पुरुष, धनकुटाको महालक्ष्मीमा एक पुरुष र प्रदेश १ बाहिरका नौ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या सात हजार ४३२ पुगेको छ।

प्रदेश १ मा शनिबार २८७ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट २६३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र बी जेनेरल अस्पताल हरिनगरबाट नौ–नौ, गढी आइसोलेसन केन्द्रबाट पाँच र होटल एसियाटिकबाट एक जना डिस्चार्ज भएका छन्।

हाल सम्म डिस्चार्ज हुनेको संख्या तीन हजार ७२५ पुगेको छ।

प्रदेश १ मा शनिबार  एक हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ। तीमध्ये ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म एक लाख २६ हजार ८९० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Oct 03, 2020| 12:08 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।