शनिबार, भदौ १३, २०८३

कोरोनाबाट असोजमा दैनिक सरदर ८ को मृत्यु

असोजको १७ दिनमा मात्र नेपालमा कोरोना भाइरस संक्रमणबाट १४६ जनाको ज्यान गएको छ। यो दैनिक सरदर आठ जना हो।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं- असोजको १७ दिनमा मात्र नेपालमा कोरोना भाइरस संक्रमणबाट १४६ जनाको ज्यान गएको छ। यो दैनिक सरदर आठ जना हो।

आजसम्म देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८  जनाकाे मृत्यु भएकाे छ।

शुक्रबार मृत्यु ११ जनाको मृत्यु भएको थियो। यस्तै बिहीबार १० जना, बुधबार पाँच जना र मंगलबार १० जनाको मृत्यु भएको थियो।

मन्त्रालयको विवरणअनुसार १२ गते चारजना, ११ गते १० जना र १० गते आठ जनाको मृत्यु भएको थियो। 

यस्तै कोरोना भाइरस संक्रमणबाट ९ गते ६ जना, ८ गते १७ जना, ७ गते सात जनाको ज्यान गएको थियो। 

६ गते दुई जना, ५ गते १६ जना र ४ गते १० जनाको ज्यान गएको मन्त्रालयको विवरणमा उल्लेख छ। 

मन्त्रालयका अनुसार असोज ३ गते ११ जना, २ गते सात जना र १ गते चार जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार

उपत्यकामा एक सातामा ७,२२० जनामा कोरोना संक्रमण (कुन दिन कति?)
 

प्रकाशित: Oct 03, 2020| 10:49 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।