शनिबार, भदौ १३, २०८३

स्वरोजगार बन्दै दृष्टिविहीन युवा

नेपालगञ्जमा दृष्टिविहीन युवा स्वारोजगार बन्दै गएका छन्। उनीहरूले सामूहिकरूपमा मसला प्रशोधन उद्योग सुरु गरेका हुन्।  
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

नेपालगञ्ज– नेपालगञ्जमा दृष्टिविहीन युवा स्वारोजगार बन्दै गएका छन्। उनीहरूले सामूहिकरूपमा मसला प्रशोधन उद्योग सुरु गरेका हुन्।  

नेपालगञ्ज उपमहानगरपालिका १० आदर्शनगरमा मसला प्रशोधन तथा प्याकिङ गरी उपभोक्ताको घरघरमै पुगेर बिक्री वितरण गर्ने गरिएको समूहका संयोजक ३३ वर्षीय समिप चौधरीले बताए। 

उनका अनुसार गत असारदेखि सुरु गरेको यो व्यवसायमा १८ युवायुवती जुटेका छन्। बाँके, बर्दिया र दाङका दृष्टिविहीन र कम दृष्टि भएका युवायुवतीले गाउँमा उत्पादित मसलाको प्रशोधन एवं प्याकिङ गर्ने र त्यसलाई घरघरमै लगेर बेचिरहेका छन्।  

‘दृष्टिविहीन आफैले कमाउन सक्छन् भन्ने देखाउनका लागि हामीले यो व्यवसाय सुरु गरेका छौँ,’ चौधरीले भने, ‘भविष्यमा शिक्षण पेशाबाहेक के काम गर्न सकिएला र भन्ने लागेको तर अहिले व्यवसायमा लागेपछि यो चिन्ता हटेको छ।’

सशक्तिकरण युवा समूहमार्फत संगठित भएर आत्मनिर्भरको लागि काम थालेको बाँके राप्तीसोनारी गाउँपालिका निवासी २३ वर्षीय आशाराम थारूले बताए।

समूहमा आवद्ध युवायुवतीले आफ्ना उत्पादनहरु लिएर गाउँगाउँमा पुग्छन्। त्यसबाट उपभोक्ताको रुचि र धारणा बुझ्न पाइरहेको थारूको भनाइ छ। 

उनीहरुले गाउँगाउँबाट धनिया, अदुवा, बेसारलगायत अग्र्यानिक मसला ल्याएर प्याकेजिङ गरी बेच्ने गरेका छन्। 

मसला पिस्नका लागि साना तथा घरेलु उद्योग कार्यालय बाँकेबाट अनुदानमा तीन थान मेसिन पाएका छन्। 

आफूहरुले नै मेसिन चलाउन सिकिसकेकाले विस्तारै मसला उद्योग नै सञ्चालन गर्ने योजना रहेको थारू बताउँछन्। 

काममा खटिनेलाई मसला बेचेर आएको मुनाफाबाट पारिश्रमिक पनि दिने गरिएको छ। 

आत्मनिर्भर नहुँदा परिवारका सदस्यले पनि बोझको रूपमा हेर्ने गरेकामा काम गर्न थालेपछि घरपरिवार र समाजको समेत सोचाइ फेरिएको उनले बताए।   
  

प्रकाशित: Oct 04, 2020| 01:24 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।