शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस पदाधिकारी बैठक स्थगित, केन्द्रीय समिति अनिश्चित

कांग्रेस पदाधिकारी बैठक स्थगित, केन्द्रीय समिति अनिश्चित

कांग्रेसको अहिले बिहान नौ बजेका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– कांग्रेसको अहिले बिहान नौ बजेका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएको छ। 

१९ गते तय भएको केन्द्रीय समिति बैठकको तयारीस्वरुप २४३ जनामा गरिएको कोरोना परीक्षणमा केन्द्रीय सदस्य गगन थापा, अजुर्ननरसिंह केसीलगायत नेताहरुका स्वकीय सचिव, सुरक्षाकर्मी र कर्मचारी गरेर ७० जनालाई कोरोना देखिएपछि बैठक स्थागित भएको हो। 

कोरोना संक्रमण पुष्टि भएसँगै असोज १९ का लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि बस्ने सम्भावना नरहेको एक केन्द्रीय सदस्यले नेपाल समयलाई बताए । 

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे शनिबार पनि कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यबीच छलफल भएको थियो।  

आज (आइतबार) बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पदाधिकारी बैठक स्थगित गरिएको हो।

शनिबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले हस्ताक्षरसहित बुझाएको ध्यानाकर्षणपत्रबारे स्पष्ट पारेका थिए। 
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधानविपरीत कुनै काम नभएको जिकिर गरेका थिए। 

आज महामन्त्री शशांक कोइराला, उपसभापतिद्वय विजयकुमार चच्छदार, विमलेन्द्र निधि र सभापति शेरबहादुर देउवाले धारणा राख्ने बताइएको थियो।

‘समितिकै साथी, सुरक्षाकर्मी, चालकलगायतलाई कोरोना देखिएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘यस्तो १९ गतेको बैठक पनि कसरी बस्छ?’ 

प्रकाशित: Oct 04, 2020| 01:47 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।