काठमाडौं- पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारदेखि शनिबारसम्मको विवरणअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक सातामा सात हजार २२० जनामा कोरोना भाइरस संक्रमण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा एक हजार एक, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी एक हजार १७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
१६ गते शुक्रबार काठमाडौं उपत्यकामा एक हजार ६३८ जना कोरोना भाइरस संक्रमित थपिएका थिए। तिनमा काठमाडौं एक हजार २८०, ललितपुरमा १६२ भक्तपुरमा १९६ थिए। त्यस देन देशभरमा संक्रमितको संख्या दुई हजार ७२२ थियो।
१५ गते उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएकामा काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुर ५८ जना थिए। त्यस दिन देशभरमा एक हजार ९११ जनामा कोरोना संक्रमण भएको थियो।
१४ गते काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुर ९३ जना गरी उपत्यकामा ९०२ जना कोरोना संक्रमित थपिएका थिए। त्यस दिन देशभर एक हजार ५५९ जना संक्रमित थपिएका थिए।
१३ गते उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएकामा काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुर ७३ थिए । देशभरमा एक हजार ५१३ जनामा कोरोना संक्रमण भएको थियो।
१२ गते काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुर ३६ जना गरी उपत्यकामा ८१७ जना संक्रमित थपिएका थिए। देशभरमा एक हजार ३५१ जनामा कोरोना संक्रमण भएको थियो।
११ गते उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका थिए। त्यस दिन काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुर ७२ जनामा कोरोना संक्रमण भएको थियो भने देशभरमा एक हजार ५७३ जना संक्रमित भएका थिए।