शनिबार, भदौ १३, २०८३

गगन थापालाई कोरोना संक्रमण

 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं- कांग्रेस नेता गगन थापालाई कोरोना भाइरस संक्रमण भएको छ। असोज १५ गते पार्टी कार्यालयमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो। 

थापाले केही बेरअघि ट्विटरमा लेखेका छन्, 'मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।' 

थापाले यसबीचमा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन र कुनै समस्या भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न अनुरोध गरेका छन्।

कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठक १९ गतेका लागि डाकिएको छ।

बैठकको पूर्वसन्ध्यामा गरिएको पीसीआर परीक्षणमा नेताहरुलाई कोरोना भाइरस संक्रमण भएको हो। 

प्रकाशित: Oct 03, 2020| 16:20 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।