बुधबार, भदौ ३१, २०८३

समाज

निर्मला हत्या प्रकरण : पत्रकार भण्डारीविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गालीबेइज्जती गरेको आरोपमा मुद्दा खेपिरहेका पत्रकार खेम भण्डारीविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

खियाले नष्ट हुँदै रेल इन्जिन, संरक्षणमा सरकारको बेवास्ता

कोइला इन्जिन विश्वभरबाट विस्थापित भइसकेको छ। त्यसैले यसलाई संरक्षण गरेर संग्रहालय बनानुपर्ने आवाज उठ्दै आएको छ। तर जिम्मेवारी निकायले यसमा चासो दिएको छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

सुनसरीमा ८ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु 

धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र वराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको ८ घण्टाको बीचमा मृत्यु भएको हो । 
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न नेकपा नेता रावलको माग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

सप्तरीमा प्रदेशसभा सदस्य यादवसहित २७ जना संक्रमित थपिए

सप्तरीमा प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

ओली-दाहाल छलफलमा, कर्णालीको समस्या मुख्य एजेन्डा

जारी भेटवार्तामा कर्णाली प्रदेश सरकारका विषयमा उत्पन्न विवादका बारेमा छलफल भइरहेको दाहालको सचिवालयले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने

आयोगले आफ्नो तयारीसँगै कोरोना संक्रमित परीक्षामा सहभागी हुन नपाउने गरी मापदण्ड तयार गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

धरानमा कोरोना संक्रमित ८९ वर्षीय पुरुषको मृत्यु 

सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

अदालतको फरार सूचीमा रहेकाहरुको खोजी तीव्र, ९८ जना पक्राउ

पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

कर्णाली प्रदेशको विवादले केन्द्रमा हलचल, ओली-दाहाल छलफलमा 

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि हलचल ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

पोखरामा धमाधम भुस्याहा कुकुरको बन्ध्याकरण 

दसैंअघिसम्म कम्तीमा ३५ पोथी कुकुरको बन्ध्याकरण गर्ने संस्थाले जनाएको छ। हार्टले पोखरामा बर्सेनि रहेका भुस्याहा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउँदै आएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

कोरोनाबारे नयाँ तथ्य : पैसा र स्मार्टफोनमा २८ दिनसम्म भाइरस जीवित रहने

अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले हालै गरेको अनुसन्धानबाट कोरोना भाइरसबारे यस्तो नयाँ तथ्य फेला परेको हो। 
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

चाडबाडको बहानामा गाडी भाडा बढी लिए जेल

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारबाही गरिने बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

चितवनमा वेवारिसे महिलाको कोरोनाबाट मृत्यु

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो । 
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

बूढीगण्डकीमा भएको अनियमितताबारे उच्चस्तरीय छानबिन गर्न बाबुरामको माग

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको अनियमितताका सम्बन्धमा उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो 

सुदूरपश्चिम प्रदेशमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ४६ पुगेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

करोडसम्मका योजना उपभोक्ताबाट गराउन गण्डकी सरकारलाई लेखा समितिको निर्देशन

गण्डकी प्रदेशसभाको सार्वजनिक लेखा समितिले १ करोड रुपैयाँसम्मका योजना कार्यान्वयनका लागि उपभोक्तालाई प्राथमिकतामा राख्न प्रदेश सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

यस कारण आयो कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव 

नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज एवम सांसद यामलाल कँडेलले सरकारको असक्षमताका कारण नै अविश्वासको प्रस्ताव आएको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

नेपाली दूतावास कोरियाले अनलाइन परामर्श दिने

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले अक्टोबर ११ तारिखदेखि डिसेम्बर २७ तारिखसम्म हरेक आइतबार कोरियाको समयअनुसार साँझ ७ बजेदेखि नेपाली श्रमिकलाई अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७