आइतबार, भदौ १४, २०८३

नेपाली दूतावास कोरियाले अनलाइन परामर्श दिने

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले अक्टोबर ११ तारिखदेखि डिसेम्बर २७ तारिखसम्म हरेक आइतबार कोरियाको समयअनुसार साँझ ७ बजेदेखि नेपाली श्रमिकलाई अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन गर्ने भएको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

सोल- दक्षिण कोरियास्थित नेपाली राजदूतावासले अक्टोबर ११ तारिखदेखि डिसेम्बर २७ तारिखसम्म हरेक आइतबार कोरियाको समयअनुसार साँझ ७ बजेदेखि नेपाली श्रमिकलाई अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन गर्ने भएको छ। 

कोरियामा रहेका नेपालीको मानसिक तथा शारीरिक स्वास्थ्य, सामाजिक र आर्थिक समस्यालगायतलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा अन्य मुलुकमा रहेका विज्ञद्वारा परामर्श तथा अभिमुखीकरण तालिम सञ्चालन गर्न लागिएको हो।   

एनआरएनए कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, महिलाको लागि महिला, नेपाली विद्यार्थी समाजलगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो परामर्श कक्षा सञ्चालन हुनेछ।

पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि, दोस्रो हप्ता महामारीबाट बच्न खानपान र जीवनशैली, तेस्रो हप्ता पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता, चौथो हप्ता मानसिक स्वास्थ्य, पाँचौं हप्ता तनाव व्यवस्थापन र छैटौं हप्ता खुसीपूर्वक जिउने कलाका बारेमा सिकाइने प्रशिक्षण दिइने छ।

त्यस्तै सातौँ हप्ता स्वास्थ्य र साधना, आठौं हप्ता वित्तीय साक्षरता र यसको महत्व, नवौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएकाको उद्यमशीलताका लागि सरकारी नीति, दशौँ हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरू, एघारौँ हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र १२ औँ हप्ता घर फिर्ती तयारीका बारेमा कक्षा सञ्चालन गरिने कोरियाका लागि नेपाली श्रम सहचारी रमा भट्टराईले जानकारी दिइन्। रासस

प्रकाशित: Oct 11, 2020| 13:36 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।