धरान- सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय संक्रमित पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
उनी असोज २३ गते कोरोना पुष्टि भई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए। मृतक वृद्ध उच्च रक्तचापको समस्याबाट पीडित थिए ।
अहिलेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ।