आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : पत्रकार भण्डारीविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

निर्मला हत्या प्रकरण : पत्रकार भण्डारीविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गालीबेइज्जती गरेको आरोपमा मुद्दा खेपिरहेका पत्रकार खेम भण्डारीविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गालीबेइज्जती गरेको आरोपमा मुद्दा खेपिरहेका पत्रकार खेम भण्डारीविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ।

समाचार र सामाजिक सञ्जालमार्फत जथाभावी बोलेको भन्दै कञ्चनपुर जिल्ला अदालतमा पत्रकार भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा दायर भएको थियो। 

अदालतका स्रेस्तेदार यदुराज शर्माले मुद्दा आजै सुनुवाइ हुने बताए। न्यायाधीश शिवलाल पाण्डेयको इजलासमा मुद्दाको पेसी तोकिएको हो। 

कञ्चनपुरबाट प्रकाशित हुने 'मानसखण्ड' दैनिकका प्रकाशक/सम्पादक भण्डारीविरुद्ध रोशनी र बबिता बम, तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्ट, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट र अधिवक्ता विनोद भट्टले गाली बेइज्जती मुद्दा दायर गरेका थिए।

आज रोशनी र बबिताबाहेक अन्य तीनजनाले दायर गरेको मुद्दामा सुनुवाइ हुन लागेको हो। 

किरणले २२ चैत २०७५, भट्टले २७ चैत २०७५ र आयुषले ११ मंसिर २०७६ मा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। 

पुरानो मुद्दा भएकाले सुनुवाइ सकेर आजै आदेश आउन सक्ने देखिएको छ। 

मुलुकी अपराध संहिताको दफा ३०६ मा कसैले कसैको गालीबेइज्जती गर्न नहुने उल्लेख छ। 

सोही दफाको (क) मा अरुको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानी–जानी वा विश्वास गर्ने मनासिव कारण भई लेखेर, आचरण, आकार वा चिह्न प्रचारप्रसार गरेर वा अरु कुनै किसिमबाट कसैको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातीलाई होच्याएमा चरित्र हत्या गरेको ठहर्ने उल्लेख छ। 

उक्त दफाबमोजिम कसुर ठहर भएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। 

सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेको भन्दै उजुरी परेकाले थप एक वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ। 

१० साउन २०७५ मा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। 

हत्या प्रकरणमा प्रमाण नष्ट गरेको तथा यातना दिएको भन्दै आठ जना प्रहरी कर्मचारीहरुविरुद्ध पनि मुद्दा परेको थियो। 

उक्त मुद्दाको फैसला गर्दै कञ्चनपुर जिल्ला अदालतले ८ जनालाई नै सफाइ दिइसकेको छ। 

निर्मला हत्या प्रकरणको २६ महिना बितिसक्दासमेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। 
 

प्रकाशित: Oct 12, 2020| 06:34 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।