सुनसरी- कोरोना भाइरसको संक्रमणबाट सुनसरीमा ८ घण्टामा थप ३ जनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र वराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको ८ घण्टाको बीचमा मृत्यु भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान–२ का ८९ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको हो ।
यस्तै धरान–१५ का ७० वर्षीय पुरुषको सोमबार बिहान घरमै मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।
त्यस्तै सुनसरीको वराह क्षेत्रका पुरुषको सोमबार बिहान मृत्यु भएको छ । विराटनगस्थित नोबेल मेडिकल कलेजमा उनको बिहान ७ बजे मृत्यु भएको हो ।