आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबारे नयाँ तथ्य : पैसा र स्मार्टफोनमा २८ दिनसम्म भाइरस जीवित रहने

कोरोनाबारे नयाँ तथ्य : पैसा र स्मार्टफोनमा २८ दिनसम्म भाइरस जीवित रहने

अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले हालै गरेको अनुसन्धानबाट कोरोना भाइरसबारे यस्तो नयाँ तथ्य फेला परेको हो। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जीवित रहने एक अनुसन्धानले देखाएको छ। 

अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले हालै गरेको अनुसन्धानबाट कोरोना भाइरसबारे यस्तो नयाँ तथ्य फेला परेको हो। 

अँध्यारो कोठाको प्रयोगशालामा गरिएको अनुसन्धानले अन्धकारमा भन्दा प्रकाशमा कोरोनाको भाइरस चाँडो मर्न सक्ने पनि देखाएको छ।

साथै हावामा तैरिएका संक्रमित व्यक्तिका छिटाबाट पनि भाइरस संक्रमण हुन सक्ने तथ्य फेला परेको छ। यसैगरी संक्रमित व्यक्तिले छोएको प्लास्टिक तथा फलामका वस्तु अर्को व्यक्तिले छुँदा पनि संक्रमण फैलिने सम्भावना रहेको बताइएको छ।

यसअघि गरिएको अनुसन्धानले नोट तथा सिसामा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएको थियो। यसैगरी प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म मात्र बाँच्न सक्ने भनिएको थियो। हालैको अध्ययनले सो तथ्य गलत सावित गरेको छ ।

नयाँ अनुसन्धानले कोरोना भाइरसबाट जोगिन थप सचेत र सतर्क रहनुपर्ने देखाएको छ।

प्रकाशित: Oct 12, 2020| 02:21 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।