आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतको फरार सूचीमा रहेकाहरुको खोजी तीव्र, ९८ जना पक्राउ

अदालतको फरार सूचीमा रहेकाहरुको खोजी तीव्र, ९८ जना पक्राउ

पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन्।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

बागलुङ- प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । 

पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन् ।

“विसं २०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइसकेको छ”, जिप्रकाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले भने । 

उनले फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिइने बताए । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेको प्रहरीको भनाइ छ। 

“जतिसुकै सानो भएपनि तोकिएको सजाय भोग्नैपर्छ, फरार प्रतिवादी आफै अदालतमा हाजिर भए प्रहरीले पक्रनै पर्दैन”, प्रनाउ रेग्मीले भने । 

न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरु पक्राउ पर्ने गरेका छन् । गत साता सरकारी छाप र कागजात दुरुपयोगको मुद्दामा ८३ वर्षीय फक्राउ परेका थिए ।

पक्राउ पर्नेमा अधिकांश सार्वजनिक मुद्दाका दोषी छन् । बाँकी लागूऔषध, सवारी ज्यान मुद्दा, कुटपिट, चोरीलगायतका घटनामा संलग्न रहेकाहरु छन् । 

प्रहरीले पक्राउ परेका फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि तत्कालै जिल्ला अदालतमा उपस्थित गराउने गरेको छ । 

कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार पठाउने गरिएको प्रहरीले जनाएको छ । अन्य प्रतिवादी भने कानूनी प्रकृया अनुसार तोकिएको सजाय भुक्तान गरी अदालतबाट छुट्ने गरेको प्रनाउ रेग्मीले बताए । 

अदालतले कैद/जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका बेला प्रतिवादीलाई पक्राउ गर्ने गरिएको उहाँको भनाइ छ । प्रहरीले फरार प्रतिवादीको खोजीसँगै चाडबाडलक्षित सुरक्षा प्रबन्धका लागि सक्रियता बढाएको छ ।

चाडबाडका बेला हुने चोरीलगायत गैरकानूनी गतिविधि रोक्न र समाजमा शान्ति कायम राख्न प्रहरीले थप सुरक्षा सतर्कता अपनाएको प्रनाउ रेग्मीले बताए । 

प्रहरीले केही दिनअघि अवैध घरेलु मदिरा र गाँजासमेत नष्ट गरेको थियो । बजारमा चेकजाँच र गस्तीसमेत बढाइएको प्रहरीले जनाएको छ । –रासस

प्रकाशित: Oct 12, 2020| 03:19 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।