आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बूढीगण्डकीमा भएको अनियमितताबारे उच्चस्तरीय छानबिन गर्न बाबुरामको माग

बूढीगण्डकीमा भएको अनियमितताबारे उच्चस्तरीय छानबिन गर्न बाबुरामको माग

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको अनियमितताका सम्बन्धमा उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको अनियमितताका सम्बन्धमा उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न माग गरेका छन्। छानबिनमा सघाउन आफू तत्पर रहेको प्रतिबद्धता पनि डा. भट्टराईले व्यक्त गरेका छन्। 

केही दिनअघि डा. भट्टराईले बूढीगण्डकी आयोजनाको नौ अर्ब रुपैयाँ प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले बाँडेर खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

त्यसको खण्डन गर्दै नेपाली कांग्रेसले देउवाले भ्रष्टाचार गरेको प्रमाण पुष्टि गर्न भट्टराई चुनौती दिएको छ।

कांग्रेस चुनौतीको प्रतिवाद गर्दै भट्टराईको यस्तो अभिव्यक्ति आएको हो।

भट्टराईले ट्विटरमा लेखेका छन्, 'मेरो प्रमकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानबिनको माग गर्दछु।त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु।'

प्रकाशित: Oct 11, 2020| 15:59 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।