मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाज
  • खियाले नष्ट हुँदै रेल इन्जिन, संरक्षणमा सरकारको बेवास्ता

खियाले नष्ट हुँदै रेल इन्जिन, संरक्षणमा सरकारको बेवास्ता

कोइला इन्जिन विश्वभरबाट विस्थापित भइसकेको छ। त्यसैले यसलाई संरक्षण गरेर संग्रहालय बनानुपर्ने आवाज उठ्दै आएको छ। तर जिम्मेवारी निकायले यसमा चासो दिएको छैन।
 |  सोमबार, असोज २६, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, असोज २६, २०७७

जनकपुरधाम– जनकपुर–जयनगरमा आठ दशकसम्म सेवा दिएको रेलका इन्जिनमा खिया लागेको छ। 

National life

कतिपय पार्टपुर्जा चोरी भएका छन्। महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्ति संरक्षणमा सरकारबाट चोसो नदिएको गुनासो स्थानीय बासिन्दाको छ। 

खजुरी रेल्वे स्टेसनमा सीता, विष्णु, ब्रह्मा, गोरखनाथ, पशुपतिनाथ, महावीर नामक रेल इन्जिन अलपत्र छन्।

सन् १९२७ मा काठ, ढुंगा, बालुवा लगायतका सामग्री ओसार्न बनाइएको कार्गो रेलका ती इन्जिन २०५० सालसम्म कोइलाबाट चल्थे। वि.सं. २०५० सम्म कोइला इन्जिनले सेवा दिँदै आएको थियो। 

भारतले २०५१ सालमा १८ बोगीसहितको डिजेल इन्जिन सहयोग गरेपछि जनकपुरधाम–जयनगर रेलमार्गमा आधुनिक रेल सञ्चालनमा आएको थियो।

Laxmi sunrise bank
kumari

रेल सेवा स्तरोन्नतिका लागि सन् २०१४ मा बन्द गरिएपछि पुराना इन्जिन त्यतिकै थन्क्याएर राखिएका छन्।

कोइला इन्जिन विश्वभरबाट विस्थापित भइसकेको छ। त्यसैले यसलाई संरक्षण गरेर संग्रहालय बनानुपर्ने आवाज उठ्दै आएको छ। तर जिम्मेवारी निकायले यसमा चासो दिएको छैन। 

महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्तिको संरक्षण र संग्रहालय निर्माणमा कुनै निकायले ध्यान नदिएको धनुषाको खजुरीका स्थानीय निकलाल दास बताउँछन्। 

रेलका पुराना इन्जिन, बोगी र अन्य महत्त्वपूर्ण पार्टपुर्जा संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेको उनको भनाइ छ।

नेपाल रेल्वेको यी सम्पत्ति संरक्षणका लागि सरकारले १६ जना कर्मचारी खटाएको थियो। अधिकांश कर्मचारी अवकाश भएपछि अहिले दुई कर्मचारी मात्रै कार्यरत छन्। 

पुराना इन्जिन संरक्षण संवद्र्धन गर्न सकिए खजुरीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने सोही गाउँका पत्रकार अवधेश कामतले बताउँछन्। उनले स्थानीय सरकारले ती इन्जिन संरक्षणमा पहल गर्नुपर्नेमा जोड दिए।

सरकारी स्तरबाट चासो नदेखाइएपछि खजुरीवासी रेल्वेका सम्पत्ति संरक्षणमा जुटेका  छन्।

संग्रहालय निर्माणका लागि विभिन्न निकायसँग पहल सुरु गरेको जनकनन्दनी गाउँपालिका–४ खजुरीका वडाध्यक्ष हरिश्चन्द्र साहले बताए।

खजुरीमा नेपाल रेल्वेको १० बिघाभन्दा बढी जग्गा छ। सोही जग्गामा संग्रहालय निर्माण गर्न सकिने स्थानीयवासी बताउँछन्।

ती इन्जिन अन्यत्र लगिए कवाडीमा परिणत हुने नेपाल रेल्वेका कर्मचारी हेम बहादुर कटुवाल बताउँछन्। 

रेल्वेका पुराना संरचना जोगाउन संग्रहालय निर्माणका लागि आफूहरूले विभिन्न निकायसँग माग गर्दै आएको उनले बताए। 

रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले संग्रहालय निर्माण कार्य सम्भाव्यता अध्ययनपछि सुरु गरिने जानकारी दिए।

महाप्रबन्धक भट्टराईका अनुसार खजुरीमा संग्रहालय निर्माणको सम्भाव्यता अध्ययनका लागि एक लाख ५० हजार रुपैयाँ बजेट छुुट्याइएको छ। 
उनले भने ‘सम्भाव्यता अध्ययन सकिएलगत्तै संग्रहालय निर्माण प्रक्रिया अगाडि बढाइनेछ।’

भारतको जयनगरदेखि जनकपुरधामसम्म चल्ने न्यारो गेज रेललाई ब्रोडगेजमा परिणत गरिएको छ। 

ब्रोडगेज रेलको इन्जिन तथा बोगी खरिद गरी नेपाली भूमिमा ल्याइसकिएको छ। यद्यपि ती रेलका इन्जिन र बोगी कहिलेदेखि सञ्चालनमा आउने हुन् टुंगो छैन।

कानुन तथा जनशक्ति अभावमा रेल धनुषाकै इनरवामा थन्क्याएर राखिएको हो।

प्रकाशित: Oct 12, 2020| 06:18 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।