आइतबार, भदौ २१, २०८३

न्याय परिषद्‌ले गर्‍यो ६ जिल्ला न्यायाधीश नियुक्त

 |  मंगलबार, भदौ १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १७, २०८२

काठमाडौं । न्याय परिषद्‌ले रिक्त जिल्ला न्यायाधीशको पदमा ६ जनालाई नियुक्ति गरेको छ। मंगलबार बसेको न्याय परिषद्‌को बैठकले न्याय समूह, कानुन समूह र सरकारी वकिललाई समेट्दै जिल्ला न्यायाधीश नियुक्ति गरेको हो।

परिषद्‌ले चार जना न्याय सेवाका एक जना सरकारी वकिल र एक जना कानुन सेवाका अधिकृतलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्‌को बैठकले जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलालाई कैलाली, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेलधुरा, स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट, इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर, उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा र उपसचिव विश्वदीप वेस्रालाई रौतहट जिल्ला अदालतमा नियुक्ति गर्दै पदस्थापना समेत गरेको छ।

542759794_1082334887449134_3132868483259125316_n-1756817277.jpg
 

प्रकाशित: Sep 02, 2025| 18:33 मंगलबार, भदौ १७, २०८२
प्रतिक्रिया दिनुहोस्