शनिबार, जेठ ३०, २०८३

अभ्यास सिरिजमा नेपाल ‘ए’ लाई टी–२० सिरिजको उपाधि

 |  सोमबार, भदौ १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १६, २०८२

काठमाडौं। आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ।

National life

भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले जितेको हो।

जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए। यस्तै शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन जोड्े। बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले दुई दुई विकेट लिए।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो। यस्तै तेस्रो खेलमा नेपाल नौ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो।

Shivam cement

 

प्रकाशित: Sep 01, 2025| 19:48 सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्