काठमाडौं-रोयल काठमाडौँ हिमालय प्रा.लि. द्वारा उतपादित वाइन बिगमास्टरले 'लक्की ड्र' इभेन्ट सम्पन्न गरेको छ। बिगमास्टर वाइनको आधिकारिक बिक्रेतालाई लक्षित गरि शुक्रबार सम्पन्न गरिएको 'लक्की ड्र'मा ललितपुरको 'ओरिसा स्टोर'का राजु लामाले प्रथम पुरस्कार बुलेट बाइक प्राप्त गरेका छन्।
ललितपुरको झम्सिखेलमा स्थित रामबाग प्यालेसमा आयोजना गरिएको कार्यक्रममा उनले ३५० सिसि बुलेट बाइक जितेका हुन्। त्यस्तै दोस्रो पुरस्कारस्वरुप दुई जनाले सुनको सिक्का जितेका छन्। बिगमास्टर वाइनका आधिकारिक बिक्रेता 'टुडालदेवी स्टोर'का ध्रुव श्रेष्ठ र 'बिटी सप्लायर्स'का शंकर दाहालले सुनको सिक्का जितेका हुन्।
चौथो पुरस्कार स्वरुप 'एच सेभेन' इन्टरप्राइजेजका हेमराज बराल र 'सिंह ट्रेडर्स'का सुशान्त सिंहले ८ केजीको वासिङ मेसिन जितेका छन्।त्यस्तै, पाँचौँ पुरस्कार 'रेडमी-नोट १४' स्मार्ट फोन महालक्ष्मी प्लायर्सले जितेको छ। छौटौँ पुरस्कार 'रेडमी-नोट १३' स्मार्ट फोन बिनायक स्टोरले जितेको छ।सान्तवना पुरस्कार स्वरुप बिगमास्टर वाइन ९ कार्टुन ९ जनाले जनाले प्राप्त गरेका छन्। ९ कार्टुन वाइन प्राप्त गर्नेहरुमा संसृक लिक्वेर, पिएन सप्लायर्स, ओरिसा स्टोर, एच.सेभेन इन्टरप्राइजेज, एस.बि.बि. सप्लायर्स, इजरा ट्रेडर्स, बिनायक स्टोर, आर.के स्टोर र ओसियन स्टोर रहेका छन्।
रोयल काठमाडौँ हिमालय प्रा.लि.ले आफ्नो आधिकारिक बिक्रेताहरुका लागि हरेक वर्ष 'लक्की ड्र' इभेन्टको आयोजना गर्दै आइरहेको छ,भने इभेन्टको म्यानेजमेन्ट नेपाल मिडिया हाउस प्रा.लि.ले गरेको थियो।