शुक्रबार, भदौ १२, २०८३

तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

 |  मंगलबार, भदौ १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–२६ गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, 'करिब रु तीन करोडभन्दा बढी रकम र ठूलो परिमाणमा सुनका गहना पनि भेटिएका छन्। रकमको सङ्ख्या यकिन गर्न मेसिन मगाएर गन्ने कार्य सुरु भएको छ।'

आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो।

प्रकाशित: Sep 02, 2025| 18:44 मंगलबार, भदौ १७, २०८२
प्रतिक्रिया दिनुहोस्