गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
सिद्धिदेवी मन्दिरका पुजारी बिहानै थुम्की पुग्छन् र शंंख फुक्छन्। त्यसपछि क्षितिजको अँध्यारो सतहबाट रातो–उज्यालो घाम झुल्किन सुरु गर्छ। लाग्छ, ती पुजारीले नै शंख फुकेपछि मात्रै घाम निस्किएको हो।
राष्ट्रिय मानव अधिकार आयोगले सडक विस्तार गर्दा घर भत्काएर विस्थापित भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी आवास तथा सम्पत्तिको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् ।