बिहीबार, भदौ २५, २०८३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

धनगढी- कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको टीकापुर नगरपालिका–१ मा भएको गएराति से ४ प ६५६५ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार बर्दगोरिया गाउँपालिका–६ का ४६ वर्षीय रमेश बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल दुर्घटनामा घाइते बिष्टको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए । 

मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का टेकबहादुर बिष्ट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित: Dec 02, 2020| 04:33 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।