बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले भने, ‘सचिवालय बैठकको औचित्य छैन’

प्रधानमन्त्री ओलीले भने, ‘सचिवालय बैठकको औचित्य छैन’

आजको बैठकमा समेत ओलीले अब बैठक बस्नुको औचित्य नरहेको र दुवै अध्यक्षका प्रस्ताव समेत अस्थायी कमिटीमा लैजान जरुरी नरहेको धारणा राखेको स्रोतले बतायो ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षबीचको तिक्तता बढ्दो छ।

मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए पनि अन्तिममा बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुन पुग्यो । नेकपा सचिवालय निकट स्रोतका अनुसार नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओली सचिवालयको बैठक नै नराख्ने पक्षमा थिए। 

उनले बैठकको औचित्य नै नरहेको बताएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेताद्वयले त्यसको प्रतिवाद गरेकाले बैठक बस्न सकेको हो। यद्यपि, आजको बैठकमा समेत ओलीले अब बैठक बस्नुको औचित्य नरहेको र दुवै अध्यक्षका प्रस्ताव समेत अस्थायी कमिटीमा लैजान जरुरी नरहेको धारणा राखेको स्रोतले बतायो ।

स्रोतका अनुसार आजको बैठकमा महासचिव विष्णु पौडेल बाहेक सबै सदस्यले सचिवालय बैठक जारी राख्नु पर्ने र बैठकबाटै निकास निकाल्नु पर्ने बताएका छन्।

बैठकमा दुई अध्यक्षबीच आरोप प्रत्यारोप भएको स्रोत बताउँछ।

नेकपा प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार नेकपा सचिवालय  बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने छ।
 

प्रकाशित: Dec 01, 2020| 11:20 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।