शुक्रबार, भदौ २६, २०८३

मेयर सरावगी उद्घाटन र अनुगमनमा व्यस्त

वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको व्यस्तता अहिले बढेको छ। 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

वीरगंज- वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको व्यस्तता अहिले बढेको छ। 

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि निरन्तर खटिरहेका नगर प्रमुख सरावगी अहिले कोरोनाको संक्रमण कम भएपछि विकास निर्माण र सामाजिक सचेतनामा व्यस्त देखिएका छन्।

नगर प्रमुख सरावगी मंगलबार वीरगंज महानगरपालिकाको वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको धर्मशालाको उदघाटन्, नगरक्षेत्रमा भइरहेका विकास निर्माणका कामको अनुगमन लगायतमा व्यस्त हुने गरेका छन्।

मंगलबार मेयर सरावगीले वडा नम्बर ८ मा निर्माण भएको धर्मशालाको उद्घाटन गरेका छन्। 

कार्यक्रममा सरावगीले सार्वजनिक सम्पक्तिको निर्माणले मात्रै शहरको विकास नहुने भन्दै यसको संरक्षण गर्न सकेमात्रै यसको उपयोग गर्न सकिने बताए। 

अहिले समाजमा सार्वजनिक सम्पत्तिको संरक्षणमा खासै चासो नदिने गरेको बताउँदै उनले सार्वजनिक सम्पत्ति संरक्षण भए त्यसको उपभोग स्थानीयले नै गर्न पाउने र यसले यहाँको विकासको आधार पनि तयार हुने बताए।
 

प्रकाशित: Dec 01, 2020| 12:31 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।