बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालयौन दुराचारकाे आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ

बालयौन दुराचारकाे आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ

बाल यौन दुराचारकाे आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ परेका छन्।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडाैं- बाल यौन दुराचारकाे आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन्।

पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका-१७, बिरौटा पावरहाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेका अवस्थामा नौगारेटलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए।

प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाई समेत उद्धार गरेको छ। उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकिएको छ। 

नौगारेटविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेका कसूरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको ब्यूरोले जनाएको छ।

नौगारेट गैरपर्यटकीय भिसामा नेपाल आई पोखरामा बस्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताए। रासस

प्रकाशित: Dec 01, 2020| 14:30 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।